झापामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

<span class='c1'>झापामा चक्कु प्रहार</span> <span class='c2'>गरी श्रीमतीको हत्या</span>

विराटनगर । झापाको भद्रपुर नगरपालिका वडा १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सोमबार बिहान करिब ५:३० बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ ।

मृतक लाशको आवश्यक कानुनी प्रकृया पुरा गर्न पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्