विराटनगरका दुईसहित चार जना युवा दलालको फन्दामा, दुबईबाट मागे नेपाल फर्काउन सहयोग

<span class='c1'>विराटनगरका दुईसहित चार जना युवा दलालको</span> <span class='c2'>फन्दामा, दुबईबाट मागे नेपाल फर्काउन सहयोग</span>

विराटनगर । विराटनगर–६ रामपुरका राजकुमार दास र भुपेन्द्र राजबंशीसहित सप्तरी राजविराजका रामलखन यादव र परमेश्वर महतो अढाई महिना अगाडी रोजगारीका लागि यूएई पुगे । नोभेम्बर २४ मा मदिना सुपर मार्केटमा काम लगाई दिनेभन्दै छ जनालाई काठमाण्डौंस्थित बसुन्धरामा रहेको गाइडलाइन रुक्रुमेन्ट सर्भिसेज प्रा.लि.ले उनीहरुलाई यूएई पु¥याएको हो ।

श्रमिक भिसामा गएका उनीहरुलाई मासिक एघार सय दिराम तलव र तीनसय दिराम खानाको कम्पनी उपलब्ध गराउने बताइएको थियो । तर, २ महिना २० दिन बित्दासम्म कम्पनीले पठाएकामध्ये चारजना युवाले अझै काम नपाएको गुनासो गरेका छन् । उनीहरुले नेपालबाट जाँदा भनिएको सुपरमार्केटमा काम पाएका छैनन् । प्रतिघण्टा ३.५ दिराम दिएर उमरजुमर सप्लाई कम्पनिमा काम लगाइएको दासले जानकारी दिए । त्यहि पनि महिनामा १२–१४ दिन मात्रै काम लगाउने गरिएको उनीहरुले गुनासो गरेका छन् । उनीहरु विभिन्न जिल्लाका दलालमार्फत परमेश्वर सिंह, परमेश्वर ठाकुर, विराटनगरकै बसन्त राजबंशीमार्फत गाइडलाइन मेनपावरमा पुगेका थिए ।
श्रमिक भिसामा जानुपर्ने उनीहरुलाई भिजिट भिसामा पठाइएको दावी दुबईबाट गरेका छन् । जसका कारण काम गर्नै नसकिने गरि पेलाई खानु परेको गुनासो गरेका हुन् ।

उनीहरुले जतिसक्दो चाँडो भनेको काम दिनुपर्ने नत्र नेपाल फर्किन चाहेको भन्दै सहयोग मागेका छन् । बसुन्धरास्थित गाइडलाइन रुक्रुमेन्टका सञ्चालक बासु सापकोटाले भने केहिदिनमा समस्या समाधान हुने दावी गरेका छन् । उनले भने, हिजोसम्म ठिकै थियो, आज एक्कासी के भयो मैले पनि बुझ्नुपर्छ । रोजगारीमा जाने बेलामा गरिएको सम्झौता अनुसार उनीहरुलाई अहिले खाना खर्च वापतको रकम पनि दिइएको छैन । गएका छ जनामध्ये चारजनाले २ महिना २० दिनसम्म पनि तोकिएको काम नपाएको भन्दै घर फर्कन चाहेको गुनासो गरेका हुन् ।

दुबई पुग्नेहरुले एकलाख ६० हजारदेखि २ लाखसम्म बुझाएका छन् । उनीहरुले दुबईबाटै सहयोग गरिदिन भिडियो समेत पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्