एक करोड ९० लाख हिनामिना आरोपमा धनपालथानस्थित नमूना सहकारीका दुईजना पक्राउ

<span class='c1'>एक करोड ९० लाख हिनामिना आरोपमा</span> <span class='c2'>धनपालथानस्थित नमूना सहकारीका दुईजना पक्राउ</span>

रंगेली । मोरङको धनपालथान गाउँपालिकास्थित नमूना सहकारीमा करिब एक करोड ९० लाख रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनपालथान–४ कर्सियामा रहेको नमूना सहकारीमा घोटाला गरेको आरोपमा प्रहरीले सहकारीका लेखापाल धनपालथान–४ का ६० वर्षीय सविलाल राजवंशी र सह–लेखापाल धनपालथान–६ का ५५ वर्षीय राजकुमार राजवंशीलाई पक्राउ गरेको हो ।

सहकारीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनाविरुद्ध सहकारी ठगी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्