मोरङको सुन्दर हरैचामा होटलमा लगेर जबरजस्ती बलात्कार गर्ने विरुद्ध मुद्धा दायर

<span class='c1'>मोरङको सुन्दर हरैचामा होटलमा लगेर जबरजस्ती</span> <span class='c2'>बलात्कार गर्ने विरुद्ध मुद्धा दायर</span>

विराटनगर । मोरङको सुन्दर हरैचामा एक महिलालाई माथि सामुहिक बलत्कार मुद्दामा पक्राउ परेका तीन जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको छ ।


बेलबारी घर भएकी महिलालाई सामूहिक बलत्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाई २५ वर्षीय सुरज र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जी विरुद्ध ‘जवरजस्ती करणी’ मुद्दा बुधबार मोरङ अदालतमा अभियोग दर्ता गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग दर्ता गरेकोे अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । प्रतिवादीहरुको अदालतमा बयान सकिएपछि बिहीबार थुनेछक बहस हुने भएको छ । गत माघ ७ गते मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा एकजना महिलामाथि पक्राउ परेका तीनै जनाले पालैपालो बलात्कार गरेको आरोप छ । रातभर होटलमा राखेर उनीहरुले ती महिलालाई बलत्कार गरेको भोलीपल्ट घटना बाहिर आएको थियो ।


सुनसरीको इटहरीबाट बहिनीको घर फर्कदै गरेकी महिलालाई नियन्त्रणमा लिएर होटल पु¥याउँदै रातभर कोठामा बन्धक बनाएर सामूहिक बलात्कार गरिएको थियो । बाहिनीको घर जाने बाटो बिर्सिएपछि सोधीखोजी गर्ने क्रममा गछियानजिकबाट प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु¥याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्