विराटनगर । बलात्कार आरोपमा मोरङको धनपालथान गाउँपालिका– ५ स्थित एकतारा आधारभूत विद्यालयका शिक्षक पक्राउ परेका छन् । धनपालथान ५ घर भएका ४० वर्षीय कालुराम खवासलाई प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयमा पढाउँदै आएका शिक्षक खवासलले धनपालथानकी २९ वर्षिय महिलालाई बलत्कार गरेको आरोप छ । पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए । आरोपित खवासले पुस १२ गते बलत्कार पीडितको दावी छ ।