ठुलो परिमाणको गाँजा सहित ३ जना पक्राउ

<span class='c1'>ठुलो परिमाणको गाँजा सहित</span> <span class='c2'>३ जना पक्राउ</span>

विराटनगर । उदयपुरको बेलका नगरपालिका वडा ८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान करिब २ बजे ४ सय के.जी. गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेलका नगरपालिका वडा ८ बस्ने २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका वडा ७ बस्ने २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका वडा १ सुनसरीका २३ बर्षीय मनिष धामी रहेका छन् । उनीहरुलाई को.१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ गरिएको हो ।


उनिहरुको साथबाट प्रहरीले नगद ६३,०२५ ।-(त्रिसठ्ठी हजार पचिस रुपैँया) समेत बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका उनीहरुको घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्