बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जना पक्राउ

<span class='c1'>बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर</span> <span class='c2'>राख्ने समुहका ९ जना पक्राउ</span>

विराटनगर । झापाको बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र बिभिन्न स्थानबाट पक्राउ परेका ९ जनाको बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा झापा गौरादह न.पा. वडा २ बस्ने ३८ बर्षीय सुमन कुमार कार्की (योजनाकार), झापा कन्काई न.पा. वडा ३ बस्ने ४१ बर्षीय भिष्म थापा, दमक न.पा. वडा ९ बस्ने ५० बर्षीया देवी बास्कोटा (गुरागाई), कान्काई न.पा.वडा ४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी न.पा. वडा १ बस्ने ३२ बर्षीय सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम, संखुवासभा खाँदवारी न.पा. वडा १० घर भई हाल सुन्दरहरैचा वडा ६ मोरङ बस्ने २९ बर्षीय मनमोहन दहाल, झापा गौरिगञ्ज गा.पा. वडा ३ बस्ने ३२ बर्षीय आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह न.पा. वडा ५ बस्ने ३३ बर्षीय प्रदीप थापा र गौरीगञ्ज गा.पा.३ बस्ने ४५ बर्षीय बिजय कुमार दास हलुवाई रहेका छन ।

झापाको विर्तामोड नगरपालिका वडा ४ स्थित पश्चिम बस स्टेण्डमा मिति २०७८ साल माघ ०९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु फेला परेको र दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु मिति २०७८ साल माघ १३ गते फेला परेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (आर आई टी), जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली संयुक्तरुपमा परिचालन भई घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त अपराधिक गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका ब्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रिय कमिटि, कोशी अंचल, मेची अंचल कमिटिको हस्ताक्षर मात्र भएको छापहरु १० थान, बिभिन्न कम्पनीका ७ थान मोवायल फोन समेत बरामद भएको हो ।

पक्राउ परेका ९ जनाको समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्