सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

<span class='c1'>सवारी दुर्घटनाबाट १</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर । खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका-६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं.को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि काठमाण्डौ तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क-३ बस्ने हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्