प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>प्रतिवन्धित लागुऔषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । झापाको कचनकवल गाउँपालिका वडा ५ स्थितबाट प्रतिबन्धित ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा २ बस्ने २८ बर्षीय सरोज भट्टराई र बिर्तामोड नगरपालिका वडा ९ बस्ने २० बर्षीय विशाल बुढाथोकी रहेका छन । आईतबार राती करिब ७ बजेको समयमा इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त गस्ती टोलीले संका लागि प्रदेश १-०१-०१३ प ७९७४ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर ५ ग्राम बरामद भएको हो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको घटना बारेमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्