बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते

<span class='c1'>बस दुर्घटना हुदा १ जना</span> <span class='c2'>मृत्यु, ४ जना घाईते</span>

विराटनगर । इलाम नगरपालिका वडा १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन ।

मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका वडा ७ बस्ने ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । सोमबार राती करिब ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको हो। गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि.एण्ड.सि. अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्