धरानको जंगलमा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न पक्राउ

<span class='c1'>धरानको जंगलमा फेला परेको शवको</span> <span class='c2'>पहिचान भएसंगै घटनामा संग्लग्न पक्राउ</span>

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो । टुक्रा टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।

शव पहिचान गर्ने क्रममा बाझो-१ घर भई हाल विराटनगर महानगरपालिका-३ मा बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको हो । शवको पहिचान भएसंगै घटनामा संग्लग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतककै श्रीमती ३० बर्षीया अनिता के.सी. र विराटनगर महानगरपालिका-०४ का २९ बर्षीय सरोज भण्डारी रहेका छन् । बैदेशिक रोजगारीमा गएर फर्केका सिग्देललाई श्रीमतीको योजनामा पौष २२ गते साँझ ५:३० बजेको समयमा सिग्देलकै घर कोठामा घाँटी थिची हत्या गरेको खुल्न आएको छ । दुबै जना मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरी समेतको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारी टेम्पो रिजर्व गरेर हाल शव फेला परेको स्थानमा लगेर फालेको खुल्न आएको हो ।

यसरी श्रीमतीकै मिलेमतोमा हत्या भएको खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्