ब्राउन सुगर सहित २ जना पक्राउ

<span class='c1'>ब्राउन सुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा ४ बस्ने १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका वडा ४ बस्ने १९ बर्षीय उत्तम बर्देवा रहेका छन् । बुधबार बेलुका करिब ५ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र बुधबार बेलुका करिब ४:३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उत्तम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्