प्रदेश प्रहरी कार्यालय विराटनगरमा ११६ जना प्रहरीको मुख तथा दाँत प्रशिक्षण (फोटो फिचर)

<span class='c1'>प्रदेश प्रहरी कार्यालय विराटनगरमा ११६ जना प्रहरीको</span> <span class='c2'>मुख तथा दाँत प्रशिक्षण (फोटो फिचर)</span>

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एसोसिएशन मोरङले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा मुख तथा दाँत सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो

नेपाल डेन्टल एसोसिएशनले आईतबार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा ११६ जना प्रहरी कर्मचारीहरुको सेवा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दाँतलाई कसरी स्वास्थ्य राख्ने भन्ने सम्बन्धमा डेन्टल एसोसिएसन नेपाल मोरङकी महा सचिव डा. मिरा आचार्यले जानकारी गराएकी थिईन् । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा रहेका प्रहरीहरुको निशुल्क मुख तथा दाँत सम्बन्धी स्वास्थ्य प्रशिक्षण गरिएको आर्चायले बताउनुभयो ।

कार्यक्रममा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डिआईजी अरुण कुमार विसी डेन्टल एसोसिएशन मोरङ अध्यक्ष डा प्रेक्षा दली, उपाध्क्षय डा विवेक सिह लगायत अन्य समितिका पदाधिकारीहरुको सहभागिता रहेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्