विराटनगर । विराटनगर–७ गहेली मार्गस्थित सञ्जीवनी डेन्टल केयर सेन्टरको अर्को शाखा सञ्चालनमा आएको छ ।
दन्त उपचार सम्बन्धी बिशेषज्ञ सेवा सहित आईतबारदेखि नेपाल टेलिकम पछाडि सञ्जीवनीको नयाँ शाखा सञ्चालनमा आएको हो । आईतबार एक औपचारिक कार्यक्रमका बिच डेन्टल केयर सेन्टरको उद्घाटन गरिएको छ । सञ्चालनमा आएको नयाँ शाखाबाट दन्त प्रत्यारोपण, आरसिटी, बे्रसेस, फिलिङ्ग्स, म्याग्जिलो फेसियल सर्जरी, अर्थोडोन्टिक्स र ओरल क्यान्सर स्क्रिनिङ लगायतका सम्पुर्ण सेवाहरु प्रवाह हुने जनाईएको छ । नयाँ शाखामा बालबालिकाहरुका लागि पनि बेग्लै बिशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको सञ्जीवनी डेन्टल केयर सेन्टरका सञ्चालक डा. फरवार्ड सिलवालले बताउनुभयो ।
सञ्जीवनी डेन्टल केयरमा हाल डा.सिलवाल सहित ६ जना चिकित्सकहरुले बिशेषज्ञ सेवाहरु प्रवाह गरिरहेका छन् । डा.सोभना ज्ञवाली सिलवाल, डा.प्रेक्ष्या डली, डा.मोना पोखरेल, डा. जितेन्द्र मण्डल र डा.सन्जिता कटवाल डेन्टल केयरमा कार्यरत चिकित्सकहरु हुन् । चिकित्सकहरुबाट बिशेषज्ञ सेवा प्रवाह हुने बिषयमा हुने बिषयमा कुनै शंका उपशंका गर्ने ठाउँ नरहेको डेन्टल केयर सेन्टरले जनाएको छ । डेन्टल केयरबाट दाँत सम्बन्धी सम्पुर्ण उपचारका साथै जोर्नीदेखि लिएर अनुहारको शल्यक्रिया सम्मका सेवाहरु समेत प्रवाह हुने डा. जितेन्द्र मण्डलले बताउनुभयो ।
सञ्जीवनी डेन्टल केयर यसअघि विगत १९ वर्षदेखि विराटनगरस्थित हस्पिटल चौकमा सञ्चालन हुँदै आएको थियो । करिब १ करोडको लागतमा आईतबारदेखि त्यसैको अर्को शाखा सञ्चालनमा आएको हो ।