विराटनगर । लोकप्रिय गायिका टिका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ सार्वजनिक भएको छ ।
उनको उक्त गजल टिका कै युट्युब च्यानल टिका प्रसाईंबाट सार्वजनिक भएको हो । उक्त गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज गरेका हुन् ।
स्टुडियो किङमा रेकर्ड गरिएको गीतमा मनोज साङसन र सुरेश राई रेकर्डिष्ट छन् । गीतमा राजु कार्कीको मिक्सिङ र मास्टरिङ छ ।
यस अघि पनि उनले धेरै लोकप्रिय गितहरुमा आफ्नो स्वर दिएकी छिन ।
भिडियो हेर्नुहोस् :