मिष्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि विराटनगरका नुतन श्रेष्ठले जिते

<span class='c1'>मिष्टर नेपाल वर्ल्ड २०२२’ को</span> <span class='c2'>उपाधि विराटनगरका नुतन श्रेष्ठले जिते</span>

विराटनगर । ‘मिष्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि विराटनगरका नुतन श्रेष्ठले जितेका छन् । २६ वर्षिय श्रेष्ठले ३५ प्रतियोगीलाइ पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिष्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई यस अघिल्लो ‘मिष्टर नेपाल वर्ल्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा झापाका २३ वर्षिया अभिषेक चुँडाल फर्स्ट रनर्स अप, काठमाडौंका २९ वर्षिय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षिय समिप शाही थर्ड रनर्स अप तथा मोरङका २७ वर्षिय विशाल कट्वाल फोर्थ रनर्स अप भएकाे आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कारका प्राप्त गरेका छन् ।

प्रतियोगितामा पूर्व मिष्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री रिचा शर्मा, संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राज भाई सुवाल निर्णायक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्