लुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

<span class='c1'>लुबाट बच्न स्वास्थ्य</span> <span class='c2'>मन्त्रालयको आग्रह</span>

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ ।

बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्