जनगायक जेबि टुहुरेको प्रथम वार्षिकिमा धरानमा जे.बि टुहुरे स्मृति संध्याको आयोजना हुने

<span class='c1'>जनगायक जेबि टुहुरेको प्रथम वार्षिकिमा धरानमा</span> <span class='c2'>जे.बि टुहुरे स्मृति संध्याको आयोजना हुने</span>

विराटनगर असार ३२ ,

आगामी भदौं १० गते वरिष्ठ जनगायक जेबि टुहुरेको प्रथम वार्षिकिमा धरानमा जे.बि टुहुरे स्मृति संध्या २०७९ को आयोजना हुने भएको छ । आज धरान खड्गी समाजको आयोजनामा भएको भेलाले उक्त कार्यक्रम भव्यताका साथ आयोजना गर्ने निर्णय गरेको हो । जेबि टुहुरे फाउन्डेसनले उक्त कार्यक्रम सयोजन गर्ने फाउन्डेसन संयोजक निर्भिका टुहुरेले जानकारी दिईन । आजको बैठकले कार्यक्रम आयोजक कमिटि साथै बिभिन्न १६ वटा उपसमिति पनि गठन गरेको टुहुरेले जानकारी दिईन ।

कार्यक्रममा धरानका बिभिन्न राजनीति दलका नेता, पत्रकार, बुद्धिजीवी लगायतको उपस्तिथी रहेको थियो । जनगायक जेबि टुहुरेको जन्मथलो धरान रहेको हुनाले उक्त कार्यक्रम धरानमा आयोजना हुन लागेको हो । उनि लामो समय परिवार सहित विराटनगरमा पनि बसेका थिए ।

गायक टुहुरेको गत बर्ष  ७८ वर्षको उमेरमा बल्खुस्थित वयोधा अस्पतालमा निधन भएको थियो । टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । उनको  ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको हो  । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका टुहुरे रहेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्