सुन्दरहरैंचामा आगलागी, काम गर्ने मजदुरको मृत्यु

<span class='c1'>सुन्दरहरैंचामा आगलागी, काम</span> <span class='c2'>गर्ने मजदुरको मृत्यु</span>

विराटनगर । मोरङको सुन्दरहरैचास्थित बेलेपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका –११ का कुमार श्रेष्ठको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा रङ लगाउने काम गर्ने श्रेष्ठको विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको हो । उनी त्यहिं बसेका थिए । घरसँगै रहेको गिरीको काठ मील समेत जलेर नष्ट भएको छ । आगलागीको क्षतिको विवरण भने नआइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्