ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुचारु

<span class='c1'>ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन</span> <span class='c2'>महिनापछि उडान सुचारु</span>

फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो ।

जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालयका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए ।

उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौंसम्मका लागि हाल नौ हजार २०० रुपैयाँ भाडादर छ । यसअघि, सुकेटार विमानस्थलमा गएको जेठ १५ गते अन्तिम उडान भएको थियो । यात्रुले टिकट बुकिङ गरे पनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो ।

लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटेल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुनेछ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्