विराटनगरमा बन्द प्रभाव : यातायात सुचारु, शैक्षिक संस्था भने बन्द

<span class='c1'>विराटनगरमा बन्द प्रभाव : यातायात</span> <span class='c2'>सुचारु, शैक्षिक संस्था भने बन्द</span>

चार कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै आज नेपाल बन्दको आह्वान गरेका छन् ।

नेपाल बन्दको प्रभाव विराटनगरमा सामान्य मात्रै देखिएको छ । विराटनगरमा लामो तथा छोटो दुरीका सवारीसाधन पूर्णरुपमा संचालनमा रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । विराटनगर बसपार्कमा बिना कुनै अवरोध सवारीसाधन संचालनमा रहेका छन् ।

विराटनगरका शैक्षिक संस्था भने पूर्ण रुपमा बन्द रहेका छन् । सोमबार साझ नै नोटिस निकालेर विराटनगरका अधिकाँश शैशिक संस्थाले संस्था बन्द रहने जनाएका थिए । यस्तै, विराटनगर बजार पनि खुलेको अवस्थामा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्