‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणमा गीत सार्वजनिक

‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणमा गीत सार्वजनिक

विराटनगर । 'प्रेमगीत ३' को नेपाली र हिन्दी संस्करणमा गीत सार्वजनिक भएका छन् ।

जी म्युजिक कम्पनी युट्युब च्यानलबाट'कोही ना कोही नाता हे' बोलको हिन्दी गीत र ओएस्आर डिजिटलबाट 'मायाको गाउँ' बोलको नेपाली गीत बिहिबार सार्वजनिक गरिएको छ ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ। जुबिनको स्वर रहेको 'कोही ना कोही नाता हे' गीतमा सुवास कालेको शब्द र पवनदीप राजनको संगीत छ।'मायाको गाउँ' बोलको गीतमा प्रताप दासको स्वर छ। विष्णु भण्डारीको शब्द रहेको गीतमा सरोज पोखरेलको संगीत छ भने देवेश राईको एरेन्ज छ। पहिलो पटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो ।

नेपाली संस्करणकाे गीत हेर्नुहोस् :

हिन्दी संस्करणकाे गीत हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्