जीवन जिउने आधार बनाउने लक्ष्यमा निक

<span class='c1'>जीवन जिउने आधार</span> <span class='c2'>बनाउने लक्ष्यमा निक</span>

उर्लावारी २५ चैत्र
कोही युवाहरु बिदेशको चक्करमा त कोही स्वदेशमै केही गरौँ भन्ने पनि भेटिन्छ । विदेश जान अघि काम गर्न लजाउछन तर विदेश पुगेर आएपछि कुनै काम गर्न पछि पर्दैनन् । आफ्नो जन्म भुमि, परिवार र समाज संग संगै रहेर स्वदेशमै केही गर्छु, गर्नुपर्छ र गरौँ भन्ने उद्देश्यका साथ विगत ९ वर्ष देखि संर्घषरत छन एक युवा ।nik 2
उनि हुन टंकी सिनवारी २ मोरङ स्थित स्थाई बसोवास गर्दै आएका बुवा जित बहादुर बिष्ट र आमा तिलामाया बिष्टका २४ वर्षिय कान्छो छोरा निक बिष्ट । उनी फोटो सुटर र म्युजिक भिडियो सुटर हुन । यस क्षेत्रमा उनको प्रवेश यस्तो छ ः निकले पाँच वर्ष सम्म बिराटनगरको सनराइज फोटो स्टुडीयोमा फोटो खिच्ने काम गर्दथे । फोटो स्टुडीयोमा पाँच वर्ष काम गरे पश्चात उनी म्युजिक भियडीयो खिच्न तिर लागे । यसै सिलशिलामा दमक बाट प्रशारित हिमशिखर टेलिभिजनमा एक वर्ष सम्म भिडीयो छायाङन गर्ने काम गरे । र हाल निक बिराटनगर बाट प्रशारित एरिना टेलिभिजनका छायाङकन प्रमुखमा कार्य गर्दै अफर आएसम्म विभिन्न म्युजिक भियडीयो गर्दै आएको छन । निकले हाल सम्म म्युजीक भिडियो खिच्ने काम चार वर्ष पुरा गरी निरन्तर लागि परेकाछन् । हाल सम्म दश वटा म्युजिक खिच्ने अवसर पाई सम्पन्न गरिसकेको र अवसर आएमा खिच्दैजने बताउछन ।
रेकर्ड बटन थिच्दैमा भिडियो खिचिन्छ भन्ने कतिपयको मानसिकता रहेको पाइन्छ । हेर्दा सहज नै देखिन्छ तर गर्नेलाई थाहा हुन्छ । निकले भिडियो खिच्ने काम र तरीका काठमाण्डौ गएर देश विदेशका प्रखर व्यक्तिहरु संगा तालिम लिएको बताउछन । पूर्वाञ्चल विभिन्न ठाउँमा उनले दृश्यहरु कैद गर्न भ्याइसकेकाछन् । हालको सन्दर्भमा विभिन्न प्रकारका क्यमेरा र क्षणभरमै नयाँनयाँ सामाग्रीको उत्पादनले निकै कठिन भएको आभास व्यक्त गर्दछन निक । क्वालिटी बेगारको क्यामेरा कामै छैन । तर पनि हाल सम्म जसोतसो बाँच्ने आधार भएकै छ र यस कार्यलाई जीवन जिउने आधार बनाउने लक्षमा उनी अडिक रहेको बताउछन ।
म एक्लै सर्वोपरी भन्ने मानसिकता उनमा रहेको पइन्न । क्षेत्रमा आउने नयाँ पिँढीहरुलाई आउनुस काम र अनुभवमा प्रखर भएर आउनुस साथै कम बोल्नुस राम्रो काम गर्नुस सबैको जैजैकार बन्नुस् ।
प्रस्तुति ः विजय धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्