विनोद राईको म्यूजिक भिडियो छायांकन सम्पन्न

<span class='c1'>विनोद राईको म्यूजिक</span> <span class='c2'>भिडियो छायांकन सम्पन्न</span>

नेपाली तारा सिजन ३ मा संभावना बोकेका प्रतिस्पर्धी हुन् गायक विनोद राई । विनोदले आफ्नो पहिलो म्यूजिक भिडियो ‘आलैछ यो माया ....’बोलको गीतको छायांकन गरेको छ । बुधबार झापाको बुधबारेमा छायांकन गरिएको हो ।

क्रेजी इन्टरटेइमेन्टले निर्माण गरेको उक्त म्यूजिक भिडियोमा गायक स्वयंले पनि अभिनय गरेका छन् । गायक राईलाई मोडल रिना राईले साथ दिएकी छिन् भने विनोदलाई सपोटिङ रोलमा साथ दिएका छन् अनिल लिम्बू, करण धिताल, बुचुङ लिम्बू र प्रविन विकले । उक्त गीतका रचनाकार रोशन सुवेदी, संगीतकार कमल रसाइली र एरेजन्जर राजन इसानले गरेका हुन् । उक्त म्यूजिक भिडियोको सिनेम्याटोग्राफर÷कोरियोग्राफ भूपेन्द्र तुम्वाहाम्फेले गरेका हुन् भने निर्देशन सन्तोष राईले गरेका छन् । माया प्रेमलाई रहस्यमय तरिकाले म्यूजिक भिडियोमा उतारिएको गायक राईले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्