विराटनगरको बाल सुधार गृह, क्षमता ५०, अट्छन् २०६ जना

<span class='c1'>विराटनगरको बाल सुधार गृह, क्षमता</span> <span class='c2'>५०, अट्छन् २०६ जना</span>

विराटनगर । कानुनी प्रावधानको अड्चनले ५० जना क्षमताको विराटनगर–३ स्थित बाल सुधार गृह मोरङमा २०६ जनाबालबिज्याँईकर्ताले भरिभराउ छ । क्षमता भन्दा चार गुणा बढीको संख्या हुँदा दैनिक व्यवस्थापनमा समेत समस्या भोग्नु परेको छ ।

विभिन्न कसुरमा बालबिज्याँई गरेकाहरुलाई सुधार गृहमा राखिने गरेको छ । कारागार ऐनअन्तर्गत सञ्चालित सुधार गृहमा राख्नुपर्नेको संख्या दैनिक बढ्दै गईरहेको हो । बाल सुधार गृहका इन्चार्ज मिलन चौहानका अनुसार कानुनमा १८ वर्ष भन्दा मुनी वारदात भई सुधारगृहमा राखिएकाहरुलाई १८ वर्षपछि पनि कैद भुक्तान बाँकी रहेको खण्डमा त्यहिं राख्नुपर्ने प्रावधान छ । जसको असर उनीहरुको दैनिक जीवन व्यवस्थापनदेखि शिक्षासम्म परेको छ ।

बाल सुधार गृह मोरङमा २० वर्ष माथिका ३० जना बालबिज्याँईकर्ता छन् । १८ वर्षदेखि २० वर्ष उमेर समूहका ६७ जना, १६ वर्षदेखि १८ वर्षसम्मका ८५ जना, १४ वर्षदेखि १६ वर्षसम्मका २७ जना रहेका छन् । १८ वर्षभन्दा मुनीका बालबालिकाले बालबिज्याँई गरे उनीहरु विरुद्ध ठहर भएको सजायअ नुसार बाल सुधार गृहमा राखेर बानी तथा स्वभावमा सुधार गरिन्छ । इन्चार्ज चौहानका अनुसार अहिले १८ वर्षमाथिका मात्रै ९७ जना बालबिज्याँईकर्ता सुधार गृहमा रहेकाले १८ वर्ष मुनीकाहरुको रेखदेख र संरक्षणमा समस्या परिरहेको छ ।

बालबिज्याँईहरुमा परेकाहरुमध्ये जर्बरजस्ती करणीका ९७ जना, जर्बरजस्ती करणी उद्योगका ४ जना, डाका–चोरी कसुरमा १३ जना, लागुऔषध दुव्र्यसनका २३ जना, कर्तव्य ज्यान कसुर ३५ जना, ज्यान मार्ने उद्योग कसुर २ जना, बालविवाह १ जना, सवारी ज्यान ७ जना, सवारी अङ्गभङ्ग १ जना, अप्राकृतिक मैथुन ११ जना, हाडनाता जर्बरजस्ती करणी ९ जना, खोटो अपचलन (अवैध पैसा) १ जना, अपहरण कसुर १ जना र बन्यजन्तु चोरीका १ जना रहेको इन्चार्ज चौहानले जानकारी दिनुभयो ।

उच्च शिक्षा अध्ययन गर्न समस्या
क्षमताभन्दा धेरै बालबिज्याँईकर्ता रहेको बाल सुधार गृह परीसरमै उनीहरुको शिक्षाका लागि विद्यालय सञ्चालनमा छ । कक्षा ४ देखि कक्षा १० सम्म सञ्चालित बाल सुधार गृह विद्यालयका प्राचार्य फुलमाया प्रसाँईका अनुसार एसईई उत्तिर्णपछि माथिल्लो कक्षा अध्ययनको अवसर छैन । हालसम्म ७० जनाको संख्याका बालबिज्याँईकर्ताले एसईई उत्तिर्ण गरिसकेका छन् । तीमध्ये अभिभावकको सम्पर्कमा भएका र उनीहरुले बाहिरी विद्यालयमा नाम लेखाएर पढाउन चाहेको अवस्थामा केहिले कक्षा १२ सम्म अध्ययन गरेका छन् । तर, परिवारको सम्पर्कमा नभएका र भएपनि परिवारले लगानी नगरिदिएको अवस्थामा एसईईपछि अध्ययनको अवसर नपाउने ५० जनाभन्दा धेरैको संख्यामा छन् ।

विभिन्न ठाउँबाट फरक–फरक घटनासँग जोडिएर आएका उनीहरुको बानी र स्वभाव समेत फरक–फरक हुने गरेको छ । विद्यालय नै नगएका, गएपनि नियमित नभएका वा नियमित विद्यालय गईरहेकाहरुलाई एउटै कक्षा कोठामा राखेर अध्यापन गराउन असहज हुने गरेको छ । विद्यालयमा नियमित सहभागी भएकालाई पढाउन सहज भएपनि जाँदै नगएका र गएपनि लामो समय विद्यालय बाहिर भएकाहरुको हकमा तहगत र कक्षागत नतिजास्तर बढाउन असहज हुने गरेको प्रअ प्रसाँईको भनाई छ ।

‘उमेर समूहका हिसाबले एसईई दिनुपर्ने व्यक्तिलाई कक्षा ४ मा राखेर क, ख र ए,बी.सी,डी पढाउनु पर्छ’ प्रअ प्रसाँईले भन्नुभयो–राष्ट्रिय परीक्षण हुँदा बाल सुधार गृहको तहगत नतिजा कमजोर हुनुको कारण यहि हो । उहाँले साधारण शिक्षा भन्दा सीपमुलक शिक्षा बाल सुधार गृहका लागि जरुरी देखिएको बताउनुभयो । एसईई भन्दा माथि अध्ययन गर्ने अवसर नभएका कारण सीपमूलक ज्ञान दिन सके बाल सुधारबाट घर फर्केका दिन उनीहरुले केहि न केहि अवसर पाउने प्रअ प्रसाँईको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्