बिस वर्षदेखि नदी तरेर पढाउन जान्छन यी शिक्षक

<span class='c1'>बिस वर्षदेखि नदी तरेर</span> <span class='c2'>पढाउन जान्छन यी शिक्षक</span>

एजेन्सी । शिक्षक, हामी सबैको प्रेरणाको स्रोत । शिक्षकको ज्ञानले विद्यार्थीहरु भविष्यमा यो बन्छु र त्यो बन्छु भनेर सपना देख्छन् । शिक्षकको सही मार्ग निर्देशनले विद्यार्थीको भबिष्य सहि दिशामा जान्छ ।
शिक्षकको उदारता र अादर्शको गुनगान जति गाएपनि अपुग नै हुन्छ । यस्तै एक शिक्षकले आफनो कामले सबैलाई चकित पारेका छन् । उनले आफ्नो उदारताको उदाहरण दिएका छन् ।अब्दुल मलिक केरलाको मलप्पुरम जिल्लाका एक मुस्लिम प्राथमिक स्कुलमा पढाउँछन् ।
उनी २० वर्षदेखि स्कुलमा ठिक समयमा पढाउनको लागि एक नदि पार गर्दै स्कुल पुग्छन् । स्कुल पुग्न त्यो ठाउँमा साधन नभएको र कम्तिमा पनि ३ घण्टा लाग्छ । समय बचाउन उनी नदि पार गरेर स्कुल पुग्छन् । यसो गर्दा उनको दुई घण्टा समय बच्छ । कष्ट सहेर भएपनि उनलाई स्कुल समयमा पुग्नैपर्छ । नदि पार गर्न उनलाई लगाएको पुरै कपडा खोल्नुपर्छ र उनी टायरमा तैरिएर नदि पार गर्छन् । २० वर्षको समयमा उनले एकदिन पनि स्कुलमा बिदा लिएका छैनन ।
उनको हौसला, प्रेरणा र सशनशीलताको अहिले तमिलनाडुमा चर्चाको विषय बनेको छ । त्यो सानो गाउँ अहिले शिक्षितहरुको बस्ती हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्