काठमाडौं । नबिल बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले करसहित नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । जसअनुसार बैंकको सेयर लगानीकर्ताहरुले प्रति सेयर ११ रुपैयाँका दरले नगद लाभांश पाउनेछन् ।
तथापि, बैंकको लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा लाभांश वितरण गरिने छ।