प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मीको जितमा कप्तान विनोदको शतक

<span class='c1'>प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट :</span> <span class='c2'>आर्मीको जितमा कप्तान विनोदको शतक</span>

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनले पराजित गरेको छ ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा सवै विकेट गुमाएर ३२० रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट पारी खेले । उनले ९३ बलको सामना गरेका उनले छ छक्का र ९ चौकाको मदतमा एक सय १३ रनको शतकीय पारि खेले ।

त्यस्तै, सन्तोष कार्कीले ४२ रन बनाउँदा कुशल मल्ल र विवेक यादवले समान ३७ रन जोडे । मधेश प्रदेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिँदा विशाल पटेलले २ विकेट हात पारे । यस्तै रुपेश सिंह र राजेश यादवले एक एक विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको मधेश प्रदशले ४८.४ ओभरमा सवै विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो । उसका लागि पवन शर्राफले सर्वाधिक ६५ रन बनाए । त्यस्तै, मयन यादवले ३४ रन, रञ्जित यादवले ३२ रन र रुपेश सिंह १८ रन बनाए ।
आर्मीका सहाव आलमले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे । यसैगरी जितेन्द्र मुखिया र कुशल मल्लले एक एक विकेट लिए ।
आर्मीको प्रतियोगिताको पहिलो खेल र पहिलो जित हो भने मधेश प्रदेशको दोस्रो खेलमा पहिलो हार हो ।

मधेश पहिलो खेलमा भने कोशी प्रदेशलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्