सुदूरपश्चिम प्रदेशको लगातार जित

<span class='c1'>सुदूरपश्चिम प्रदेशको</span> <span class='c2'>लगातार जित</span>

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशका ३ खेलाडीले उत्कृष्ट अर्धशतकीय पारि खेले । पहिलो विकेटका लागि खडक बोहोरा र टेक रावतले १३८ रनको साझेदारी गर्दै घरेलु प्रतियोगितामा कीर्तिमान पनि कायम गरेका छन् ।
बोहोरा ८० रन बनाएर आउट हुँदा रावतले ५९ रनको पारि खेले । यसैगरी किरण ठगुन्नाले ५० रन बनाउँदा नारायण जोशीले १२ बलमा ३१ रनको तुफानी पारि खेलेका थिए । यस्तै राजु रिजालले १९ रन बनाउँदा नारायण भट्टले १५ रन बनाए ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिश सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले एक–एक विकेट लिए । २७८ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेश ३७.२ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा समेटिन पुग्यो । कर्णालीका लागि दिवान पुनले ३८ रन बनाउँदा अर्जुन घर्तीले २४ रन बनाए । यस्तै, दिनेश अधिकारीले २० तथा हिमांशु शाहीले १७ रन जोडेका थिए ।

कर्णालीलाई रोक्ने क्रममा सुदूरपश्चिम प्रदेशका शेर मल्लले ४ विकेट लिए । विकास अग्रीले २ विकेट लिँदा नारायण जोशी र भोजराज भाटले एक–एक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्