विमानस्थलमा यात्रुमाथिको सास्ती तुरुन्त बन्द गर्नुहोस् : प्रधानमन्त्री

<span class='c1'>विमानस्थलमा यात्रुमाथिको सास्ती तुरुन्त</span> <span class='c2'>बन्द गर्नुहोस् : प्रधानमन्त्री</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलका कर्मचारीले कागजपत्र नपुगेको नाउँमा सास्ती दिने कार्यतत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

बुधबार बालुवाटारमा दाहालले मन्त्रालयगत छलफलपछि भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै उनले तत्काल सहज वातावरण बनाउन निर्देशन दिएको दाहाल सचिवालयले जनाएको हो ।

‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैंले सुनेको छु,भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।’

प्रधानमन्त्री दाहालले पालिकास्तरसम्म पुगेर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न सम्बन्धित मन्त्रालयको सचिवलाई सुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्