नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआईजी ढकाललाई

<span class='c1'>नेपाल प्रहरीको केन्द्रीय प्रहरी</span> <span class='c2'>प्रवक्ताको जिम्मेवारी डिआईजी ढकाललाई</span>

विराटनगर । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक डिआईजी भीमप्रसाद ढकाललाई तोकिएको छ ।

यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए । यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रहरीमा रहेका २० डिआइजीमध्ये १६ जनाको सरुवा गरेको हो । जसमा ७ वटै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्