काठमाडौं । कार्टुनिष्ट रवि मिश्रले विहीबारदेखि काठमाडौंको बानेश्वरमा एकल कार्टुन प्रर्दशनी सुरु गरेका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनीको सुरु गरेका हुन् ।
१७ वर्षे करिअरमा अखबार र म्यागेजिनका लागि मिश्रकोतीन हजारबढी कार्टुनहरु प्रकाशित भैसकेका छन् । खासगरी राजनीति,समाज र समसामयीक विषयबस्तुमा रहेर उनले कार्टुन बनाउँदै आएका छन् ।
समाज र राजनीतिमा देखिएका विकृतदेखि असमान पक्षलाई मिश्रले आफ्नो कार्टुनमार्फत व्याङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै आएका छन् । नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनी गरेको बताए ।
आफ्नो करियरमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेकामिश्रले पहिलोपटक एकल प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा आफैंले छानेका ३५ वटा कार्टुन राखिएको छ । तर, प्रर्दशनीकै लागि भनेर आफूले कार्टुन नबनाएको मिश्रको भनाइ छ ।
प्रर्दशनीको‘डिपेक्शन’ नाम दिएका मिश्रलेत्यसलाई आफूले समाजमा देखेको घटना र प्रवृत्तिमाथिको चित्रण भएको औंल्याएका छन् ।
‘डिपेक्सन’ मैंले देखेको समाज,राजनीति र विभिन्न समसामयिक विषयहरुमा देखेका घटना तथा प्रवृत्तिहरुमाथिको चित्रण हो । मैंले कार्टुन बनाउन सुरु गरेको लगभग १७ वर्ष भयो ।
यो अवधिमा तीन हजार बढी कार्टुनहरु बनाएको छु । ति मध्येको र्याण्डमली छानिएका ३५ कार्टुनहरु प्रर्दशनीमा छन् ।
मैले प्रर्दशनीकै लागि भनेर कार्टुन बनाएको होइन, धेरैजसो पहिल्यै बनाइसकेका हुन् ।’