झापामा भेटिइन् दादुरा संक्रमित बालिका

<span class='c1'>झापामा भेटिइन् दादुरा</span> <span class='c2'>संक्रमित बालिका</span>

विराटनगर । झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो ।

लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो ।

यसैबीच, झापा गाउँपालिकाको एकै गाउँका ६ जनामा दादुरा संक्रमण देखिएपछि घरधुरी सर्वेक्षण गर्न थालिएको छ । यसबारे चेतनामूलक कार्यक्रम पनि गर्न थालिएको छ ।

झापा गाउँपालिका–७ को सन्थाल बस्तीमा दादुरा संक्रमण देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला र दुईजना पुरुष रहेको जनाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दादुरा संक्रमण पाइन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले दादुरा खोपको अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

यसका साथै कसैमा दादुरा संक्रमणको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि कार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्