भिलेन बन्न चाहन्छिन् कटरिना

<span class='c1'>भिलेन बन्न</span> <span class='c2'>चाहन्छिन् कटरिना</span>

मुम्बई । बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा फिल्म ‘मेरी क्रिसमस’का कारण चर्चामा छिन् ।

श्रीराम राघवन निर्देशित फिल्ममा कटरिनाले अभिनयको तारिफ पाएकी छन् । कटरिनाले फिल्मी भूमिकाका बारेमा हालै खुलेर बताएकी छन् ।
कटरिना आफ्नो बहुमुखी अभिनय र फिल्ममा अलग अलग भूमिकामा अभिनय गर्नका लागि परिचित छिन् । यही मेसोमा कटरिनाले अब खलपात्रको चरित्र निर्वाह गर्ने इच्छा व्यक्त गरेकी छन् ।

‘एक कलाकारका रुपमा सबै कुरा सेल्फ-एक्सप्रेसनवाला मामला हो । म यसलाई स्वतन्त्र मान्दिनँ । यो आत्मविश्वासको कुरा हो कि तपाईं के सोच्नुहुन्छ कि कुन चरित्र तपाईंका लागि सही छ,’ उनले भनेकी छन् । उनले अगाडि भनेकी छन्, ‘मानिस २० वर्षको उमेरमा जस्तो हुन्छ, त्यो आफ्नो उमेरको ३० वर्षमा पनि त्यस्तो हुन सक्दैन । त्यसकारण म अलग अलग किसिमको भूमिका निर्वाह गर्न चाहन्छु,’ उनले भनेकी छन्, ‘मलाई अहिले आएर भिलेन भूमिका मन पर्न थालेको छ । तपाईंलाई थाहा छ कि बिना कारण कोही नकारात्मक हुँदैन ।’

उनले भिलेन भूमिकाका अलावा पिरीयड फिल्मको हिस्सा बन्ने चाहना व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्