अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी

<span class='c1'>अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा</span> <span class='c2'>सिंहविरुद्ध पक्राउ पुर्जी जारी</span>

काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

१५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारीप्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले सिंहलाई जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको बताए।

उनले नेपाल न्यूज बैंकसँग भने, ‘अदालतबाट पञ्चा सिंहलाई पक्राउ गर्न अनुमति आएको छ । घटनाबारे थप बुझेर हामीले कानुनी प्रक्रियाअनुसार खोजीकार्य अघि बढाएका छौं ।’

२०६५ फागुन २६ गते साँझ खुकुरी हानेर कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरिएको घटनामा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्