रवि लामिछानेको आक्रोश : मलाई सहकारी ठग बनाउन हेडलाइन आतंक?

<span class='c1'>रवि लामिछानेको आक्रोश : मलाई</span> <span class='c2'>सहकारी ठग बनाउन हेडलाइन आतंक?</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चार माध्यमहरुले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् ।

सहकारी ठगीमा नाम मुछिएपछि. प्रष्टीकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे । उनले भने, ‘पैसा मेरा खातामा आएको होइन, कसैले राखिदिएको जस्तो गर्‍यो । त्यही विषयलाई लिएर सञ्चार माध्यमहरुले आतंक मच्चाए । यसका कानुनी पाटो होला कसले गर्‍यो, किनगर्‍यो, के कारणले गर्‍यो ? अनुसन्धान होला नि ।’

ग्यालेक्सी टेलिभिजनमा आफू कुनै लेनादेना नभएको मान्छे भएको भन्दै लामिछानेले आफूलाई आरोप लगाउनु भन्दा सहकारी पीडित लक्षित समाचार लेखिएका भए आधा समस्या समाधान भइसक्ने बताए ।‘यति खोजी र मेहेनत सुन काण्डमा गर्दिएको भए सुन काण्डका सबै जेल जान्थे । म सञ्चार जगतबाटै आएको मान्छे भएकाले मैले यति ठूलो सञ्चार माध्यमलाई रिर्पोटिङ सिकाउने कुरा त आउँदैन । तर, थाहा पाइपाइ किन नलेख्दिएको होला। कसैले बद्मासी गरेको हुन सक्छ भन्दिएको भए कानुनी रुपमा हेर्ला भन्ने हुन्थ्यो । ठाडै सोझै प्रत्येक्ष उनको संलग्नता भनेर कान्तिपुरले लेख्यो हेडलाइन माथि हेडलाइन लेखेको लेख्यै, जसमा सत्य छैन,’उनले भने,‘विरोधीहरुलाई दसैंआएको जस्तो भएको छ । जसलाई विरोधको लागिविरोध गर्नुछ प्रमाणसहित बैंकबाट आएको कागज देखाउँदा पनि पुग्नेवाला छैन । सञ्चार माध्यमलाई अनुरोध गर्छु म जस्तो नेता आउँछन् जान्छन्, सञ्चार माध्यमको विश्वसनीयता गयो भने लोकतन्त्र खतरामा पर्छ । मेरो रिसले या अन्य नेताको रिसले सञ्चार माध्यमको विश्वसनीयतामा सिंगो पुस्तालाई प्रश्नआउने वातावरण बन्द गरौं ।’

गलत हेडलाइन सच्याउन सञ्चार माध्यम तयार हो त?भन्दै प्रश्न गरेका उनले बेतिथिविरुद्ध लड्न सधैं समन्वय र सहकार्य गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्