विराटनगर । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट रासीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो धरान-११ का २९ बर्षीय कुमार तामाङ र ३० बर्षीय राम बहादुर राईलाई ८० केजी गाँजा सहित सुनसरीको देवानगञ्ज गाउँपलिका-६ नहरचौकबाट पक्राउ गरेको हो । को १ ह ५०९९ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुले अटोको डिकी र सिलिङको भागमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय देवानगंञ्जले जनाएको छ ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर-१५ सिमा क्षेत्रबाट भारत जोगवनीका २० बर्षीय बिशाल पोदारलाई ३ ग्राम ११ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सोमबार दिउँसो पक्राउ गरेको हो । भने सोही टोलीले सोमबार दिउसो विराटनगर-१५ का मो.रब्बानी मिया र विराटनगर-१७ का मो.अख्तर मियालाई ०.८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।