राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

<span class='c1'>राष्ट्रिय सभा निर्वाचन :</span> <span class='c2'>मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’</span>

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् ।

मधेशमा खालि दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन् । एमालेका तर्फबाट उषादेवी थरुनी र विजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको शतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्