काठमाडौंमा आज यस वर्षकै धेरै चिसो महसुस

<span class='c1'>काठमाडौंमा आज यस वर्षकै</span> <span class='c2'>धेरै चिसो महसुस</span>

काठमाडौं । काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम मापन हो ।

शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यसअघि माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिँउदे वर्षा नभएपनि माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको छ ।

त्यसैले उपत्यका लगायत देशैभर जाडो झन् बढ्दो क्रममै छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्