महिलाको हत्यामा संलग्न युवक पक्राउ

<span class='c1'>महिलाको हत्यामा संलग्न</span> <span class='c2'>युवक पक्राउ</span>

विराटनगर । झापाको अर्जुनधारामा भएको महिलाको हत्यामा संलग्न एक व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलनमार्फत् अभियुक्त चन्द्रप्रसाद प्रसाईलाई प्रहरीले सार्वजनिक गर्यो ।

माघ ८ गते बिहान अर्जुनधारा-६ स्थित ब्याडमिन्टन कबर्डहल नजिक ५० वर्षीया माया कार्की पुलामी मगर मृत भेटिएकी थिइन् ।

अनुसन्धानका क्रममा बिर्तामोड-८ घर भएका ४६ वर्षीय प्रसाईंले ती महिलाको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकारेका छन् ।

‘अवैध शारीरिक सम्बन्ध’ का कारण उनले महिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

उनीहरुबीच विवाद भएपछि हात हालाहाल समेत भएको र त्यही क्रममा प्रसाईंले ढुंगाले पटकपटक मगरको टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहारपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने शव बारीमा फ्याँकेर प्रसाईं फरार भएका थिए ।

खोजीका क्रममा प्रहरीले मगरलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्