शीर्ष स्थानको पीएसजी बराबरीमा रोकियो

<span class='c1'>शीर्ष स्थानको पीएसजी</span> <span class='c2'>बराबरीमा रोकियो</span>

काठमाडौं । फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) र ब्रेस्टले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै एक अंक लिएका हुन् ।

पीएसजीले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । पीएसजीका लागि ३८ औं मिनेटमा मार्को एसेन्सियो र ४५ औं मिनेटमा रान्डाल कोलो मुनाइले गोल गर्दै पहिलो हाफमा सहज अवस्थामा पुर्‍याएका थिए । ब्रेस्टले ५५ औं मिनेटमा महदी कमारा र ८० औं मिनेटमा माथिस परेराको गोलको मद्दतले खेल २–२ को बराबरीमा ल्याउँदै महत्वपूर्ण एक अंक थप्न सफल भयो । पीएसजी ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्रेस्ट ३५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको नाइसको ३८ अंक रहेको छ ।

यस्तै, अर्को खेलमा लेन्सले टोलुसलाई २–० गोल अन्तरले पराजित गरेको छ । लेन्स तालिकाको आठौं स्थानमा छ भने टोलुस १४ औं स्थानमा छ ।
त्यसैगरी रेमिस र नान्टेसले गोलरहित बराबरी खेल्दा केलमन्ट र स्टार्सबर्गले एक एक गोलको बराबरी गरे ।

लोरेन्ट र लि हार्भेले तीन तीन गोलको बराबरी खेल्दै अंक बाँड्दा मोन्ट पिलर र लिलेले गोलरहित बराबरी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्