झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधीसहित ३ जना पक्राउ

<span class='c1'>झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउनसुगर</span> <span class='c2'>र निषेधित औषधीसहित ३ जना पक्राउ</span>

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले सोमबार झापाको दमक नगरपालिका-९ का १९ वर्षीय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मोरङ बेलबारी-२ का २४ वर्षीय दिप लिम्बुको साथबाट ८० एम्पुल निषेधित औषधिसहित नियन्त्रणमा लिएको छ।

यसैगरी सुनसरी दुहबी-५ स्थितमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३८ प ५४६५ नम्बरको मोटरसाइकल चालक इटहरी-५ सुनसरीका ४० वर्षीय दिपेश मगरको साथबाट १९४ ट्यावलेट निषेधित औषधीसहित पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्