हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

<span class='c1'>हृदयघातबाट उच्च अदालत पाटनका</span> <span class='c2'>न्यायाधीश मरासेनीको निधन</span>

काठमाडौँ । हृदयाघातका कारण आज बिहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ ।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा हुनुभएको र उहाँ पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्