काठमाडौं । प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेश कुमार मण्डल,मुरारी साह,आर्यन साह,अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव,२४बर्षका हरिशंकर चौधरी रहेका छन् ।
उनीहरुबाट बिभिन्न ब्राण्डका मोबाइलहरु१६ थान र चार थान ल्यापटपहरु बरामद भएको छ । उनीहरुलाई नयाँ बानेश्वर सुविधा नगर, कोटेश्वर, जडिबुटीलगायत काठमाडांैका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।