विराटनगर । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
स्थापना दिवसको अवसर पारेर चौतारीले तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको हो ।
मंगलबार बसेको प्रेस चौतारी ताप्लेजुङको बैठकले यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रविन भट्टराई, जयमती कर्ण बहादुर पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा नयाँपत्रिका दैनिकमा संवाददाता केशब भटटराई र अग्नि प्रसाद भिमादेबी पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा रेडियो तमोरमा कार्यरत पत्रकार गंगा लिङखिमलाई पुरस्कृत गर्ने निणर्य गरेको प्रेस चौतारी नेपाल ताप्लेजुङले जनाएको छ ।
चौतारीले आफ्नो २६औं स्थापना दिवसको अवसरमा नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भएको छ ।