क्यान्सर पीडित भारतीय मोडल पुनम पाण्डेको निधन

<span class='c1'>क्यान्सर पीडित भारतीय मोडल</span> <span class='c2'>पुनम पाण्डेको निधन</span>

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनका सर्वाइकल क्यान्सरबाट फेब्रुअरी १ को राती निधन भएको हो ।

निधनबारे पुनको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा आज जानकारी दिइएको हो । ३२ वर्षीया पुनमले कानपुरस्थित निवासमा अन्तिम श्वास फेरेकी थिइन् ।
‘यो बिहान हाम्रा लागि कठिन छ । तपाईंलाई यो कुरा बताइरहँदा हामीलाई दुःख लागेको छ कि हामीले प्यारी पुनमलाई सर्वाइकल क्यान्सरबाट गुमायौं । जो मानिस उनको सम्पर्कमा आए, उनीहरुबाट उनले माया पाइन् । दुःखको यो घडीमा हामी गोपनियताको अनुरोध गर्दछौं र हामीसँग बाडिएका हरेक कुराका लागि उनलाई प्रेमपूर्वक सम्झनेछौं’, पुनमको इन्स्टाग्राममा लेखिएको छ ।

पुनमले सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी बलिउडको विवादास्पद मोडलका रुपमा परिचित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्