अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपको टिकट बिक्री खुला

<span class='c1'>अमेरिका र वेस्टइन्डिजमा हुने टी–२०</span> <span class='c2'>विश्वकपको टिकट बिक्री खुला</span>

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला गरिएको छ ।

टिकट बिक्री ७ फेब्रुअरीसम्म जारी रहने आइसीसीले जनाएको छ ।

टी २० विश्वकप क्रिकेट जुन १ देखि २९ तारिखसम्म आयोजना हुने छ । विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दै छन् । लिगचरणदेखि फाइनलसम्म ५५ वटा खेल हुने छन् । आइसीसीले निकालेको खेल तालिका अनुसार नेपाल समूह डीमा रहेको छ । यो समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

यसैगरी, समूह एमा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड रहँदा समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् ।
हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को २ समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन् ।
कार्तिकमा घरेलु मैदानमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।
नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।
आइसीसीले अनलाइन टिकट खरिद गर्दा एउटा आइडीबाट बढीमा ६ वटामात्रै किन्न पाइने नियम पनि बनाएको छ । यसैगरी प्रत्येक खेलको टिकट मूल्य पनि फरक फरक रहेको छ । विश्वकपको सबैभन्दा सस्तो टिकट ६ डलरको र महँगो २५ डलरको रहेको छ ।

यसरी किन्न सकिन्छ टिकट?
टिकट किन्नका लागि टी २० विश्वकपको आधिकारिक वेबसाइटमा गएर रजिस्टर्ड हुनुपर्छ । प्रक्रिया सफल भएमा आवेदकले इ–मेलमार्फत टिकट सुरक्षित रहेको जानकारी प्राप्त गर्नेछन् । यस मार्फत खरिदकर्ताहरुले कुन खेलको टिकट सुरक्षित गरेका छन् भन्ने जानकारी दिइनेछ । त्यसपछि उनीहरूलाई एउटा लिंक उपलब्ध गराइनेछ जसमार्फत भुक्तानी गर्नुपर्नेछ । यदि तोकिएको समय भित्र भुक्तान नगरेमा टिकटहरू खुला बिक्रीको लागि पूलमा फिर्ता गरिने आइसीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्