प्रधानमन्त्री कप : उपाधिको लागि आज पुलिस र आर्मीको खेल्दै

<span class='c1'>प्रधानमन्त्री कप : उपाधिको लागि</span> <span class='c2'>आज पुलिस र आर्मीको खेल्दै</span>

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

छैटौं संस्करणको फाइनल खेल आज बिहान ९:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पुलिस र आर्मीले उपाधिका लागि आमने सामने हुनेछन् । अपराजित पुलिसले लिगका सबै ९ खेल जितेर शीर्ष स्थानमा रहँदा ९ खेल खेलेको आर्मीले ७ खेलमा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले खेलको कप्तानी गर्नेछन् । आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा आफ्नो दुई शतक पुरा गरिसकेका छन् ।

२०१७ को प्रधानमन्त्री कप फाइनलमा वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए । २०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए । सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली पनि हो ।
प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार तथा उदीयमान खेलाडीले १० हजार रुपैयाँ पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्