दशैँमा तास खेलेर बसेको बेला उसको फोन आयो। मैले अफ्ठेरो मान्दै उठाएर सानो स्वरमा भनेँ "एकछिन पछि गर्छु है? अहिले तास खेल्दैछु म।"
उसले जिद्दी गर्दै भनि "नाइ के अहिले बोल्ने।"
मैले थोरै कडा स्वरमा भनें "झन् भन्दैछु त, तास खेल्दैछु भनेर।कस्तो नबुझेको।"
उसले केही नबोली फोन काटिदिइ। म पनि वास्तै नगरी तास खेलीरहेँ। आधा घन्टा पछि फेरि फोन बज्यो। केहिबेर पछि गर्छु, सोचेर मैले फोन काटीदिएँ। उसले त्यसपछी फोन गरिन। मैले पनि उसलाइ फोन गर्नै बिर्सिएँ। बेलुका सम्म तास खेलेर उठेपछी मोबाइल हेरेँ। मोबाइलमा एउटा म्यासेज थियो। लेखिएको थियो "तास अनि साथिभाइ भएपछी त म नचाहिने रहेछ हजुरलाइ। ठिकै छ म हजुरलाइ डिस्टर्ब गर्दिन।"
म्यासेज हेर्ने बित्तिकै मैले उसलाइ फोन लगाएं। फोनको घन्टी गइ रह्यो तर उसले फोन उठाइन। मैले फेरि अर्को पटक कोसिस गरेँ। उसले फोन काटिदिइ। मैले म्यासेज लेखेँ "नरिसाउन सानू। यति साना कुरामा रिसाउन पर्छ त? कल गर है?"
लगत्तै उताबाट म्यासेज आयो "गर्दिन म कल, हजुर पनी नगर्नु अब।"
उसको यस्तो म्यासेज देखेपछि मन खल्लो भयो। यति साना कुरालाई लिएर यति धेरै रिसाएको पटक्कै मन परेन। मैले फेरि उसलाइ फोन गरिन। बेलुका अबेर सम्म पनि उसको म्यासेज अनि फोन केही आएन। म पनि उसले नगरे सम्म गर्दिन भनी अड्डि कसेर बसिरहेँ।
रातको नौ बजेपछि उसको फोन आयो। मैले फोन उठाउने बित्तिकै उसले रुञ्चे स्वरमा भनी "हजुरलाइ मेरो माया नै लाग्दैन है?"
मैले पनि घुर्की लगाउँदै भने "तिमिलाइ त लाग्छ नि खुब मेरो माया।"
उसले झनै रुञ्चे स्वरमा भनी "यतिका बेर सम्म फोन पनि गर्न मन लागेन है?"
मैले रुखो स्वरमा भनेँ "फोन नगर्नु भनेको हैन त तिमिले?"
उसले रुँदै भनी "मैले मलाइ माया नगर्नु भनेँ भने के माया गर्नै छोड्नु हुन्छ?"
मैले केही जवाफ दिइन। म संग कुनै जवाफ थिएन पनि। उ सुंक्क सुँक्क रोइरहि केही नबोली। उसले त्यसरी रोएको मैले सहन सकिन। मैले मलिन स्वरमा भनें "सरि सानू।गल्ती भयो। नरोउन प्लिज।"
मैले यति भनेपछी उ झनै जोडले रुन थाली। मैले फेरि भनेँ "सरि भनेँ त सानू। यस्तो नगरन प्लिज। भोलि देखि यस्तो हुंदैन पक्का। म तास खेल्न नै नजाने भोलि देखि।"
उसले सुँकसुँकाउदै भनी "मैले हजुरलाइ तास नै नखेल्नु भनेको होर?"
मैले उसलाइ जिस्काए झैँ गर्दै भनेँ "अनि के भनेकी त सानू? नरोउनत अनि अब। जे भनेनी मान्छु के।"
उसले रुन बन्द गरि अनि केही सामन्य स्वरमा भनी "हजुरलाइ साथिभाइ भएपछी मेरो याद नै आउदैन। एक कल पनि गर्नु हुन्न दिनभर....।"
मैले हाँस्दै भनेँ "साथिहरु संग बसेको बेला तिमीलाई फोन गर्न अफ्ठेरो हुन्छ नि त लाटी।"
उसले फेरि घुर्क्याउदै भनी "तास पनि कति खेल्न सक्या त? पछिपनी यसरी नै तास खेल्नु भयो भनेत हान्छु पो कुच्चाले।"
मैले उस्तै हाँस्दै भनें "सधैँ कहाँ खेल्छु त, दशैँ मनाएको पो त रुन्ची।"
उसले बच्चा झैँ पुलपुलिदै सोधी "अनि कति हार्नु भयो नि?"
मैले भनेँ "हारिन, जितेँ पो दुई हजार।"
उसले हक जमाउंदै भनी "त्यो पैसाको मलाइ गिफ्ट चाहिन्छ। नत्र बोल्दिन म।"
मैले मायालु स्वरमा जवाफ फर्काएँ "हवस् मेरि मालिक्नी, हजुरलाइ नै गिफ्ट दिउँला।"
उसले थोरै हाँस्दै भनी "दिनु त पर्छ त यसरी रुवाएपछि...।"
मैले घडी हेर्दै भनेँ "ल ल सानू, अब सुत्न पर्छ। भोलि बिहानै उठेर ठुला बाकोमा जानुछ खसी काट्न।"
उसले मायालु स्वरमा भनी "हवस् म पनि सुत्ने अब। लभ यु। बाइ।"
उसले फोन राखेपछी मुस्कुराउंदै ओछ्यानमा पल्टिएँ अनि आँखा बन्द गरेँ उ संगको रंगिन भबिष्य कल्पना गर्दै।