कोशी प्रदेशमा चलचित्र महोत्सव हुँदै, नि:शुल्क फिल्म हेर्न पाईने

<span class='c1'>कोशी प्रदेशमा चलचित्र महोत्सव हुँदै,</span> <span class='c2'>नि:शुल्क फिल्म हेर्न पाईने</span>

विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेश्यले कोशी प्रदेशमा ६ दिने चलचित्र महोत्सव हुने भएको छ । साथै चलचित्र क्षेत्रमा लगानी बृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिदै आगामी जेठ ६ गतेदेखी ११ गते सम्म महोत्सव हुने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी झापा, मोरङ र सुनसरी जिल्लामा चलचित्र सम्बन्धी विविध कार्यक्रम गरी ६ दिने चलचित्र महोत्सव गर्न लागेको जानकारी दिएको छ । महोत्सवको उद्घाटन जेठ ६ गते झापाको विर्तामोडमा हुने भएको छ । उद्घाटनका दिन सांस्कृतिक कार्यक्रम र चलचित्र प्रदर्शन गरिने मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाले जानकारी दिनुभयो ।

झापामा उद्घाटनपछि जेठ ७ गते विराटनगरमा नि:शुल्क चलचित्र प्रदर्शन, कोशी प्रदेशमा चलचित्र निर्माण बारे अन्तरक्रिया, आरोहण गुरुकुल विराटनगरमा जातिय खानाका स्टल , जेठ ७ गतेदेखि ९ गतेसम्म विर्तामोडमा चलचित्र प्रदर्शन, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम हुने तय भएको प्रवक्ता थापाले बताउनुभयो । उहाँका अनुसार इटहरी, विराटचोक, झुम्कामा नि:शुल्क चलचित्र प्रर्दशन गरिने छ । महोत्सवको समापन विराटनगरमा हुने बताईएको छ ।

महोत्सवमा लघु, कथानक चलचित्र, बृत्त गरि विभिन्न जातिय ४४ वटा चलचित्र प्रर्दशन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । चलचित्र महोत्सवका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । ६ दिने चलचित्र महोत्सवलाई चलचित्रकर्मी महासंघ कोशी प्रदेश र चलचित्र पत्रकार संघले समन्वय गर्ने जनाईएको छ ।

चलचित्र क्षेत्रको विकास र प्रोत्साहनलाई टेवा पु¥याउने गरी गरिने यस्ता गतिविधिले हाम्रो प्रदेशमा चलचित्र पर्यटन क्षेत्रको प्रमुख गन्तव्य स्थलका रुपमा विकास गरेर नमूना प्रदेशका रुपमा स्थापित गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्